
काठमाडौं : आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-४ सिद्धार्थ चोकस्थित पोखरा फुटवयर बिजनेश सेन्टर (जुत्ता होल्सेल) पसलमा बिहीबार राति आगलगी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
चितवन, भरतपुर महानगरपालिका-१ मिलनरोडस्थित शंकर विकको सुनचाँदीका गरगहना राख्ने औजार पसलमा बिहीबार दिउँसो आगलागी हुँदा सुनचाँदी राख्ने प्लास्टिकका डब्बाहरू र मेसिनहरू पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
