पाँच जना जुवाडे पक्राउ

183
0
Share:

भक्तपुर : जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

सूर्यबिनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: