सवारी दुर्घटनामा दुई जनाको मृत्यु

253
0
Share:

काठमाडौं : सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्युठान, ऐरावती गाउँपालिका-२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, कन्चनरूप नगरपालिका-३ बरमझियास्थित सडकमा प्र.१-०१-००१ ख ४१२६ नम्बरको बसले स.५ प १५९३ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिदाँ बसमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २२ जना मध्ये १७ जनाको धर्मेश्वर अस्पताल ठेलिया सप्तरी, २ जनाको कञ्चनपुर अस्पताल सप्तरी, २ जनाको न्यूरो अस्पताल विराटनगर मोरङ र १ जनाको नोबेल अस्पताल विराटनगर मोरङमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: