
काठमाडौँ। सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन्।
मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। थप विवरण आउन बाँकी छ। अहिले मन्दिरमा पूजा रोकिएको छ।
कमेन्ट गर्नुहोस्
