कालीगण्डकीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता

Share:

पोखरा। कालीगण्डकी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएको प्रहरीले जनाएको छ।

कात्तिक २७ गते मङ्गलबार साँझ पौडी खेलेर नदी पार गरिदिन्छु भन्दै नदीमा पसेको बताइएको छ।

उनको खोजी कार्यका लागि प्रहरी र स्थानीय युवाहरुको टोली परिचालन गरिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: