
काठमाडौँ। हालसम्म प्रतिनिधि सभा निर्वाचनमात्र लडेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः स्थानीय तह निर्वाचनमा होमिने भएको छ। रास्वपाले दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा प्रकाश बुढालाई उम्मेदवार बनाएको छ।
रास्वपा दैलेख जिल्ला उप सभापति समेत रहेका बुढालाई अध्यक्ष उम्मेदवार बनाएर चुनावी अभियानमा निस्किएको हो। दैलेख जेसिसको अध्यक्ष समेत रहेका बुढा कर्णालमा रक्तदाता अभियन्ताका रुपमा समेत सक्रिय छन्।
यस्तै, दुल्लु नगरपालिका वडा नं. १३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट रामबहादुर शाहीलाई उम्मेदवार बनाइएको रास्वपा दैलेखले जनाएको छ।
कमेन्ट गर्नुहोस्
