आज पनि दोहोरो अंकले घट्यो नेप्से

Share:

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) पनि दोहोरो अंकले घटेको छ। अघिल्लो दिन मंगलबार ११.२४ अंकले घटेको नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेर २७३४.८३ को विन्दुमा कायम भएको हो।

बुधबार बजारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ। मंगलबार परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा बन्द हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको थियो।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

कमेन्ट गर्नुहोस्
Share: