पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ

Share:

पोखरा। कास्कीको पोखरामा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा-१६ अमरदीपमा गौमाया गुरुङले आफ्नै घरमा जुवा खेलाएकी प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा १ लाख १२ हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट २ सय १२ पत्ति तास समेत बरामद भएको छ।

पक्राउ पर्नेमा गौमायासहित स्थानीय कृष्ण गुरुङ, पोखरा ८ का गौमान गुरुङ, दीपकै जुनिता भट्टचन, पोखरा ८ की रुपा गुरुङ, पोखरा १३ का हेमजार गुरुङ र पोखरा २७ का बुद्धि बहादुर गुरुङ छन्।

उनीहरूलाई १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: