गण्डकी प्रदेश सांसद बिमला गौचनको काठमाडौँमा निधन

Share:

काठमाडौँ। गण्डकी प्रदेशसभा सदस्य म्याग्दीका विमला गौचनको डेंगुबाट निधन भएको छ। नेपाली कांग्रेसबाट समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौँमा निधन भएको हो।

कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति साढे ११ बजेतिर निधन भएको जानकारी दिए। उनलाई डेंगु भएको थियो।

यस्तै उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो। छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक श्रोतले जनाएको छ।

गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन्।

कमेन्ट गर्नुहोस्
Share: