सुनको मूल्य २२ सयले घट्यो

Share:

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेने क्रम जारी रहेको छ। अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो।

आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: