
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन भने सुनको कारोबार १ लाख ६० हजारमा भएको थियो । त्यसदिन सुनको मूल्यमा २२ सयको गिरावट आएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्
