यो मंसिरमा बिहेको साइत ८ गते मात्र, नभ्याउनेले माघसम्म पर्खनुपर्ने

Share:

काठमाडौँ। आजबाट मंसिर सुरु भएको छ। नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ।

बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर। यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरू लगनगाँठो कस्ने तयारीमा होलान्।

तर यसवर्षको मंसिरमा एकवटा मात्रै ८ गते विवाहका साइत छन्। यो एक दिनमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि दुई महिना कुर्नुपर्ने भएको छ।

मंसिरको ८ गते मात्रै विवाह साइत जुरेको छ। मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ।

किनभने ज्योतिषीय गणनाअनुसार पुस महिनामा शुभ साइत जुराउन कठिन मानिन्छ । विवाहको लगन हुँदैन। माघ ४ गते र २५ गते साइत छ । माघ महिनामा पनि जम्माजम्मी दुईदिन मात्रै विवाहको साइत छ। फागुनमा भने ८ दिन साइत जुरेको छ। १, ६, ८, ९,१३, २२, २३ र २८ गते बिहेको लगन जुरेको छ।

मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरूका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने जानकारहरले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: