प्रदेश सभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई म्याग्दी लगियो

Share:

पोखरा। गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई पाेखराबाट म्याग्दी लगिएको छ। डेंगीको उपचारका क्रममा बुधबार राति निधन भएकी प्रदेशसभा सदस्य  गौचनको शव गण्डकी प्रदेश सभा प्राङ्गणमा श्रद्धाञ्जली पछि म्याग्दी लगिएको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, प्रदेश सभा सदस्य, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, आफन्तहरु र सर्वसाधारण लगायतले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण  गरेका थिए।

गौचनको पार्थिव शरीरमा मुख्यमन्त्रीले राष्ट्रिय झण्डा ओढाएका थिए। यसैगरी शर्माले पार्टीको झन्डा र थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनसँगै प्रतिनिधि सभा सदस्य योगेश गौचनले थकाली सेवा समाजको झन्डा ओढाएका थिए।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा उनको बुधबार राति ६३ वर्षको उमेरमा निधन भएको थियो। मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ।

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्। उनको अन्त्यष्टि म्याग्दीमा आजै गरिने छ।

 

कमेन्ट गर्नुहोस्
Share: