फोटो प्रतियोगितामा प्रदिपको तस्बिर उत्कृष्ट

Share:

पोखरा। फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता भएका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ।

फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ विधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ।

करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार सय तस्बिरहरु सहभागि भएका थिए। मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगितामा सर्वोत्कृष्ट भएका प्रदिप श्रेष्ठले रु १५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र पाए।

त्यसैगरी नेचर एण्ड लैण्डस्केप विधा पाँचतर्फ सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट बन्दै नगद रु १० हजार सहित ट्रफी र प्रमाणपत्र पाए। मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगितातर्फका अलग-अलग पाँच विधातर्फ ब्राइड एण्ड ग्रुम पोट्रेट बिधा तर्फ सर्वोत्कृष्ट नन्दु श्रेष्ठ, उत्कृष्ट पाँचमा अबी घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, सन्देश थापाले बाजी मारे।

बेष्ट कलरिड एण्ड रिटचिडतर्फ सर्वोत्कृष्ट अबी घिमिरे, सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ट पाँचमा पर्न सफल भए। बेष्ट मोमेन्ट क्याप्चर तर्फ सर्वोत्कृष्ट सुशील अधिकारी फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल,रामचन्द्र पोखरेल उत्कृष्ट पाँचमा पर्न सफल भए।

कपल पोजिड अन वेडिङ डे तर्फ सर्वोत्कृष्टमा कृष्ण सापकोटा नन्दु श्रेष्ठ, पूरन थापा, बिसाल तामाङ, उदय थुलुङ उत्कृष्ठ पाँचमा पर्न सफल भए। यसैगरी टिपीकल कल्चर तर्फ सर्वोत्कृष्ट प्रदिप श्रेष्ठ भए भने अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ट पाँचमा पर्न सफल भए।

त्यसैगरी नेचर एण्ड लेण्डस्केप विधातर्फ उत्कृष्ट पाँचमा पुर्ण बहादुर मौराती, राकेस गुरुङ , एलेक्स नेपाली, बिस्वास, बव शाईका तस्बिरले ट्रफी र प्रमाण पत्र प्राप्त गरे। निर्णायक समितिले छनौट गरी सिफारिस गरेका तस्बिरहरुलाई कार्यक्रममा घोषणासहित पुरस्कार वितरण गरिएको कुरा प्रतियोगिता संयोजक भक्त तामाङले बताए।

कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्र ले सम्मान गरेका थिए। कार्यक्रमा बिशिष्ट अतिथि प्रेस रजिष्टार बिमला भण्डारी , कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी अतिथि कृष्ण प्रसाद बांस्तोला,कमल पौडेल अथक,दिगम्वर राजबंशी,श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे , प्रेम प्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदिप श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

स्वागतसहित संस्थाका गतिविधि साथै फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले प्रष्ट पारेकी थिइन्। भने उपाध्यक्ष नारायण बहादुर केसीले धन्यवाद मन्तव्य राखेका थिए। कार्यक्रममा सचिवको प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो। संस्थाकी अध्यक्ष पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रम संस्थाका सचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए।

साथै शनिवार नै फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष केसीको अध्यक्षतामा ११ पदेन जिल्ला संयोजकसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

कार्यसमितिमा अध्यक्ष केसी वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवन ढुंगाना, तृतिय उपाध्यक्ष घनश्याम पौडेल महासचिव प्रेम प्रसाद पराजुली, सचिव नारायण गौतम कोषाध्यक्ष रामचन्द्र पोख्रेल सह-कोषाध्यक्ष सुरेश रेग्मी, सदस्यहरुमा राममणी पौडेल प्रदीप पाठक, राजन अधिकारी, गणेश गैह्रे, आत्मराम पौडेल, विकास खाँड रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: