कास्की माछापुच्छ्रेमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

Share:

पोखरा। कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रबार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छन्।

शुक्रबार भएको पहिलो खेल सटफुट छात्रतर्फ भुमेश्वर मा.विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितीय र निष्पक्ष मा.विका अमन थापा तृतीय भएका छन्। सटपुट छात्रा तर्फ उदय मा.वि की मनिषा वि.क प्रथम, महेन्द्र मा.विकी ऐलिना परियार द्धितीय र शुक्लागण्डकी एलिना परियार तृतीय भएकी हुन्।

लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय मा.विका दिनेश वि.क द्धितीय र महेन्द्र मा.विका अरुण परियार तृतीय भए।ज्याभलिङ थ्रो छात्रातर्फ बरहा मा.विकी मोनिका जैसी प्रथम, भुमेश्वर मा.विकी सन्जु नेपाली द्धितीय र शुक्लागण्डकी की सलिना नेपाली तृतीय भईन्।

ज्याभलिङ थ्रो छात्रतर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्धितीय र माछापुच्छ्रेका इश्वर पाइज तृतीय भए। यता ट्रिपल जम्प छात्रको खेलमा बराहका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलेन शाही द्धितीय र माछापुच्छ्रेका अनमोल तमु तृतीय स्थान हात पारे।

ट्रिपल जम्प छात्रा तर्फ शुक्लागण्डीकी प्रतिक्षा पोख्रेल प्रथम, भमेश्वरकी रोशी नेपाली द्धितीय, शारदाकी अन्जु नेपालीले तृतीय स्थान प्राप्त गरिन्। शनिबार छात्र कवडी तर्फ पहिलो खेल गौरीशंकर र महेन्द्रबिच हुनेछ।

उक्त खेलको बिजेता समुहले माछापुच्छ्रेसँग पहिलो सेमिफाइनलको खेल खेल्नेछ। दोस्रो खेल शुक्लागण्डकी र शारदा मा.विबिच हुनेछ। दोस्रो खेलको विजेता सुमहले ज्ञानज्योतिसँग दोस्रो सेमिफाइनलमा भिड्ने छ।

छात्रा कवडी तर्फको पहिलो सेमिफाइनल खेल महेन्द्र र शुक्ला गण्डकी र दोस्रो माछापुच्छ्रे र उदय मा.विबिच हुने छ। छात्रा भलिवलतर्फ शनिबार पहिलो खेल पृथ्वीनारायण र निष्पक्षबिच हुनेछ।

विजेता समुहले बराहसँग सेमिफाईल भिड्ने छ। दोस्रो सेमिफाईनको खेल गैरीशंकर र शुक्लागण्डकीबिच हुनेछ। साथै अन्य रिलेतर्फका विभिन्न विदाका खेलहरु पनि शनिबार सम्पन्न हुनेछन्।

मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ।

सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ। राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो।

कमेन्ट गर्नुहोस्
Share: