
पोखरा। पोखराको लेकसाइडमा बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा लगाउने तीन जना युवती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाकाे पालुङ्टार नगरपालिका वडा नं ४ घर भई हाल पोखरा-६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुरकाे बाग्मती गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडाैँकाे बुढानीलकण्ठ-७ कपन बस्ने २३ वर्षकी रीना तामाङ र नवलपुरकाे मध्यबिन्धु नगरपालिका-१० स्थायी घर भई हाल पोखरा-६ लेकसाईड बस्ने १९ वर्षकी जस्मिन ठकुरी छन्।
बिहीबार राति १० बजे पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डको भिसा युथ होटलको कोठाहरुमा राखेर चार बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले बालिकाहरुको उद्दार गरेको थियो।
प्रहरीका अनुसार बालिकाहरुले ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खाना बस्नका राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिई परपुरुष व्यक्तिसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याइएको बताएका थिए।
त्यसपछि यौन कार्यक्रमा लगाउने ममता, रीना र जस्मिलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तीन जनाबिरुद्ध मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
