
पोखरा। तनहुँको ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीको टोलीले तीन दिनमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यहीँ मंसिर ६ गतेदेखि ९ गते सम्म विभिन्न ठाउँबाट प्रहरीले तीन दिनमा १० जनालाई पक्राउ गरेको हो।
विशेषरुपले अगाडी बढेको आबुखैरेनीको प्रहरी टोलीले सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुविवाह मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।
विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म सजाय नपाएका १० जना
फरार प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
