माडागास्कर तटमा डुबे २ डुंगा, कम्तीमा २४ जनाको मृत्यु

Share:

काठमाडौँ । माडागास्करको तटमा दुईवटा डुंगा पल्टिँदा २४ जनाको मृत्यु भएको छ। त्यहाँको स्थानीय प्रशासनका अनुसार ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक छन्।

सोमालियाको विदेश मन्त्रालयले बाँकी मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ। दुवै डुंगामा गरी जम्मा ७० जना सवार थिए।

एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई बताएअनुसार मानिसहरूलाई माछा मार्नेहरूले उद्धार गरेका थिए।

बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवा राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन्।

माडागास्करका अधिकारीहरूले मृतकमा अधिकांश आप्रवासी रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: