जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

Share:

पोखरा। विभिन्न सचेतनामुलक कार्यक्रम आयोजनासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनी गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।

प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितीय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरिन्।

प्रतियोगिताका वितेताहरुलाई एक समारोहका विच नगद सहित ट्रफि, प्रमाण-पत्रले पुरस्कृत गरियो। उनीहरुलाई आयोजक क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा रावत, क्लवका निवर्तमान अध्यक्ष मोनिका थापा लगायतले पुरस्कार प्रदान गरिन्।

सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक बन्दना कार्की केसीले समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जोण्टाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताइन्। क्लवले अभियान अन्तर्गत सडक नाटक, क्याण्टल लाइट लगायतको कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिइन्।

पोखराको घारिपाटनस्थित आभ्या क्लवमा सम्पन्न प्रतियोगिताका निर्णायक मनोज तामाङ्ले सहभागि सबैले उत्कृष्ट चित्र बनाएको बताउँदै केही नम्बरको अन्तरमा मात्रै विजयी घोषणा गर्नुपरेको बताए।

कलाकार कृपा श्रेष्ठ पनि निर्णायकमा रहेकी थिइन्। क्लवका सचिव सृजना कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: