काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसभन्दा बढी उक्लियो

361
0
Share:

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारभन्दा मंगलबार (आज) १ डिग्री सेल्सियसभन्दा बढी बढेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार आज बिहान ५:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको हो। हिजो सोमबार यो तापक्रम ८ डिग्री सेल्सियस थियो।

कमेन्ट गर्नुहोस्
Share: