दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

404
0
Share:

काठमाडौँ। किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए। न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो।

प्रसाईंको आजै बयान गराइने छ। उनको लिखित जवाफ आज पेस भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ।

उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका प्रसाईंलाई मंगलबार हिरासतमा फिर्ता ल्याइएको थियो। अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: