
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ सम्पन्न भएको छ ।
पोखरा रंगशालामा सम्पन्न १७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियन भएको छ। १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नो दह्रो उपस्थिती जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र-छात्रा बास्केटबलमा प्रथम हुँदै ७-७ अंक, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अंक, ब्यामिन्टन र टेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रही ५-५ अंक प्राप्त गर्दै कुल ३१ अंकका साथ प्रतिभा च्याम्पियन बनेको हो।
हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अंक प्रतिभाले प्राप्त गरेको छ। १५ औं र १६ औं हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रो पटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफीमा समेत कब्जा जमाएको छ । यस अघि ग्लोबल कलेजियट, न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएका थिए।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ५६-५० ले पराजित गरी पहिलो भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा ४० मिनेट सम्म बराबरी खेलेका दुबै टिमले थपिएको चार मिनेटमा प्रतिभाले बाजी मार्न सफल रह्यो । यस्तै मनकामना माविले तेस्रो स्थान प्राप्त गरेको छ।
मनकामनाले कास्की मोर्डनाइज्डलाई पराजित गरेको हो। छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका हाइएष्ट स्कोरर रविन गर्वुजा पुन बने भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाका ओमकार रकालले हात पारे ।
छात्रा बास्केटबलमा हाइएष्ट स्कोरर ग्लोबल कलेजियटकी आकृती बिक बनिन भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाकी कुसुम बानियाँ बनेकी छन्।
यता विश्वद्यिालय विब छात्र बास्केटबलतर्फ लेक सिटी कलेज पहिलो र पोखरा कलेज अफ म्यानेमेन्ट दोस्रो भएका छन् भने तेस्रो स्थानमा लिंकन इन्टरनेशनल कलेज भएको छ।




