शनिबार कुन भगवानको पुजा गर्ने ?

Share:

काठमाडौँ । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।

मूर्ति रूप मा गर्नु हुदैन शनिको पूजा

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन। त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन्। यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ।

यसरी गरौँ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

आपँको अचार खानबाट बच्नुहोस्। काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन्। शनिवारका दिन रातो खुर्सानी नखानुहोस्। त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ। शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन।

शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनुपर्छ। शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन। नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ। उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ।
काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ।

शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन। शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन।

कमेन्ट गर्नुहोस्
Share: