
पोखरा। ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल र्निविरोध चयन भएका छन्। शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो ।
समितिकाे बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन (किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन भए ।
त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर रहेका छन्।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउँदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे।
फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब ३ दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताए। क्लबले नयाँकार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार गर्ने तय गरेको छ।
