उपनिर्वाचनमा तीन उम्मेदवार निर्विरोध निर्वाचित

208
0
Share:

काठमाडौँ। आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन्।

साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।

बाँकी ४१ स्थानमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: