
काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।
निर्वाचन आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलन लगायतको काम भइरहेको जानकारी गराएको छ। मतदानमा करिब प्रतिशत ६२ मत खसेको आयोग ले जनाएको छ।
आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकासहितका केही स्थानमा आजै साँझबाट मतगणना सुरु हुनेछ । अन्य केही स्थानमा भने भोलि बिहानमात्र मत गणना हुनेछ ।
कमेन्ट गर्नुहोस्
