
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापतिमा यदुनाथ अघिकारी निर्विरोध चयन भएका छन्। रास्वपाका केन्द्रीय सदस्य एवम् संघीय सांसद शिव नेपाली तथा रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमको विशेष उपस्थितिमा अधिकारी मंसिर १४ गते जिल्ला सभापतिमा निर्विरोध चयन भएका हुन्।
जिरो किलोमा रहेको घण्टीघरमा आयोजित जिल्ला भेलामा कास्की जिल्लाका पाँचवटै पालिका समिति, तिनका प्रतिनिधिहरूका साथै जिल्ला स्थित ७२ वटै वडाका प्रतिनिधिले भाग लिएका थिए। भेलाको सांसद नेपालीले घण्टी बजाएर उदघाटन गरेका थिए।
भेलाबाट नवगठित समितिको सभापति अधिकारीसँगै उपसभापतिमा राजु राई, सचिवमा दीपेन्द्र पोखरेल (वादशाह), सहसचिव एकराज सापकोटा समितिको सदस्यहरूमा बिना गुरुङ, शोभा कायस्थ, शर्मिला रिजाल, भोजराज तिमिल्सिना, श्याम गुरुङ, विश्वराज पोडेल र श्रवणराज कट्टेल चयन भएका छन्।
१९ सदस्यीय हुने कास्की शाखाको जिल्ला समितिका बाँकी पदमा पाँच पालिकाका सभापति पदेन सदस्य छन्, भने कोषाध्यक्षसहित अन्य सदस्य पद पहिलो बैठकले मनोनित गरी पूर्ति गर्ने नवनिर्वाचित जिल्ला सभापति अधिकारीले जानकारी दिए।
