
पोखरा। जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व-मुल्यांकन (लिजा) र वित्तीय सुशासन जोखिम मुल्यांकन (फ्रा) बारे स्थानीय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। पौडेलले स्व-मूल्याकंन र वित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे।
अनुशिक्षणमार्फत सबै पालिकाहरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने उनको भनाई थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले लिजा र फ्रा बारेमा सहजीकरण गरेका थिए।
अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख , र कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी बिश्वकर्माले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।
