काठमाडौँमा रविको बयान सकियो, आज पोखरा लगिने

149
0
Share:

काठमाडौँ । सहकारी ठगी प्रकरणमा काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो। प्रहरीले शुक्रबारबाटै उनको बयान लिएको थियो। तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो।

त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौँ ल्याइएको थियो। कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६र४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ।

लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो। बयानपछि लामिछानेलाई आज प्रहरीले पोखरा लैजानेछ। सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो। लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ, भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: