एनपिएल : आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

Share:

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन्। मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९:१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १:१५ बजे प्रारम्भ हुनेछ। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुनेछन्।

पोखरा र सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन्। विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ। उद्घाटन खेल खेलेको विराटनगर जितबिहीन छ। विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।

कमेन्ट गर्नुहोस्
Share: