आज देशभरको मौसम सफा रहने

226
0
Share:

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज सूर्योदय बिहान ६ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: