जित्दैपर्ने दबाबमा रहेको विराटनगर र लुम्बिनी तथा कर्णाली र काठमाडौं भिड्दै: कसले मार्ला बाजि ?

Share:

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। बिहान ९ः१५ बजे सुरु हुने खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दैछन्।

यस्तै दिउँसो १ः१५ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन्। आजको दोस्रो खेलमा सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ।

लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ।
अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आज पहिलो खेल खेल्दैछ।

जारी प्रतियोगितामा दुई खेल खेलिसक्दासमेत सन्दीपले कुनै विकेट लिन सकेका छैनन्। यसले गर्दा  उनी झनै दबाबमा छन्।

यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौँ आज पहिलो जितको खोजीमा हुनेछन्। कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: