कास्कीका गैर सरकारी संस्थाहरूको वार्षिक समिक्षा सम्पन्न

Share:

पोखरा। जिल्ला समन्वय समितिको आयोजनामा कास्कीका गैर सरकारी संस्थाहरूको वार्षिक समिक्षा सम्पन्न भएको छ। दुई दिन सम्म चलेको सो समिक्षाको आइतबार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।

पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहजकर्ता र विकासका सहायक साझेदार भएकाले थप घनिभुत एवम् प्रभावकारी ढंगले कार्य सम्पादनमा उत्रिन आग्रह गरे। पौडेलले स्थानीय आवश्यकता र माग अनुरूप गैरसरकारी संस्थाका नीति ,कार्यक्रम र बजेट निर्माण गर्न आग्रह गरे।

कार्यक्रममा आइतबार चिल्ड्रेन नेपाल,आइ एन एफ नेपाल, थ्री एन्जल्स, कोपिला नेपाल, गोनेशा नेपाल, बालहितकारी परियोजना नेपाल ,लिबर्ड, राइट फर चिल्ड्रेन, दयाको सेवा नेपाल, एस ओ एस बहिनी, असल छिमेकी, हिमालयन लाइफ नेपालले सोमबार बाल कल्याण संघ, संगोल कास्की, शक्ति समुह, कोपिला नेपाल, पशु स्वास्थ तालिम तथा परामर्श सेवा,सिद्दार्थ क्लब ,रेन्बो चिल्ड्रेन, सिउ इन नेपाल, बाल हेल्प लाइन, हिमाली बाल कल्याण संस्था, नौलो घुम्ती र फेडो नेपाल महिला सीप विकास संघ, स्टार चिल्ड्रेन, डि सि डि ओ, ढिकुर पोखरी सामुदायिक विकास समाज, नौलो बिहानीले आफ्ना कार्यक्रम र वार्षिक योजना तथा कार्यक्रमको समिक्षा प्रस्तुत गरेका थिए।

उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर वुद्धि बहादुर थापा , गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदम पाहारी, जिल्ला शिक्षा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंकराज बराल सहितले मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सतिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका दिए।

कमेन्ट गर्नुहोस्
Share: