एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

380
0
Share:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले फराकिलो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो।

सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे।

लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए।

जारी एनपीएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो। यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो।

लुम्बिनीले भने लगातार तेस्रो पटक हारेको छ । यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: