पोखराको हेमजामा जनप्रगतिशिल मञ्च जापानको स्वास्थ्य शिविर

Share:

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा-२५ हेमजामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धित विभिन्न रोगहरुको परिक्षण गरिएको थियो।

सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ।
शिविरबाट विशेष गरि पोखरा-२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सयभन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव.वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले रोग नलुकाइन समयमै स्वास्थ्य परिक्षण गर्न शिविररुले जनचेतना फैल्याउने भएकाले यस्ता कार्यक्रम निकै महत्वपुर्ण हुने बताए।

यस्तै कार्यक्रममा पोखरा महानगरपालिका वडा न-२५ का वडा सदस्य कृष्ण कुंवर, समाजसेवी एवं तत्कालीन हेमजा गा.वि.सका पुर्व अध्यक्ष रामचन्द त्रिपाठी, गौरीशंकर मा.वि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर मा.विका प्र.अ अम्वर कुंवर, नेपाली कांग्रेस वडा न-२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी,नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, ने.क.पा माओवादी केन्द्र हेमजाका अध्यक्ष माधव अधिकारी,गौरीशंकर आमा समुह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवाक्लब, महिला सञ्जाल, आमा समुह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

स्वास्थ्य क्षेत्रतर्फबाट स्वास्थ्य माकहाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डाक्टर प्रतिभा बत्स्याल, डा. रमेश रोका, डा. कृष्ण थापा, डा. सुजन बराल, डा. सर्मिला अधिकारी साथै ल्याब टेक्निसियन नाफिसा खातुन, सरिता सिञ्जाल, सि.अ.न.मि देवी अर्मजा थापा लगायतको उपस्थिति रहेको थियो।

गोरीशंकर मा.वि हेमजामा गौरीशंकर आमा समुहको सहजिकरणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनप्रगतिशिल मञ्चका अध्यक्ष मोहन पौडेलले र स्वागत गौरीशंकर आमा समुहकी अध्यक्ष उमा भुर्तेल पौडेल र सञ्चालन आमा समुह उपाध्यक्ष लक्ष्मी आर्चाय पौडेले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: