सुनको मूल्य फेरी १ लाख ५० हजार तल झर्यो

Share:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुनः१ लाख ५० हजार तल झरेको छ। गत शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: