
पोखरा। बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितीय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम (नरबहादुर) क्षेत्री, कोषाध्यक्षमा राम प्रसाद लामिछाने चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेम बहादुर विक, डासिराम क्षेत्री, देउ बहादुर क्षेत्री, ठग बहादुर गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार र खड्क बहादुर गुरुङ निर्वाचित भएका छन्।
बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा संस्थाका जेष्ठ सदस्य पुर्ण बिर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विशेष अतिथि फेदिखोला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिल गुरुङले पोखरा रहेर पनि आफ्नो जन्मभुमिप्रति अथाह माया गर्ने संस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए।
त्यसैगरि वुद्धि गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम क्षेत्री, चिजा गुरुङ, बिल गुरुङ, कृष्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायतले सस्थाको उद्देश्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिँदै संस्थालाई अझै उचाइमा पुर्याउन नयाँ निर्वाचित समिति लाग्नुपर्ने बताएका थिए, भने स्वागत नरहरि पनेरु तथा सञ्चालन चेतनदास शर्माले गरेका थिए।
