
पोखरा। पोखरा वृृद्धाश्रमसहितका संघसंस्थाद्वारा सामुहिक रुपमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा संयुक्त राज्य अमेरिकाबाट आएका पोखराका शोभाकान्त ढकाल (राधेगुरु) लगायतलाई सम्मान गरिएको छ।
कोटीहोममा आध्यात्मिक एवम् सामाजिक विकासका लागि स्वदेश र विदेशमा रहँदा मानवीय सहयोग जुटाएकोमा पोखरा वृद्धाश्रमसहित पोखराका विभिन्न संघ संस्थाका तर्फबाट राधेगुरुलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको पोखरा वृद्धाश्रमका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले जानकारी दिए।
शोभाकान्त ढकाल (राधेगुरु) ले आफुले २८ बर्ष अगाडि पोखरा वृद्धाश्रममा यस्तै शुभकार्य गरेको स्मरण गर्दै असहाय, बेवारिसे आमाबुवाका लागि स्थापना गरिएको आश्रमको विकास देख्दा अचम्मका साथै हर्षित बनेको बताए।
प्रजातन्त्र सेनानी एवम् पोखरा क्षेत्रका अग्रज सामाजिक व्यक्तित्व स्व.ऋषि केशव पराजुलीको परिकल्पनामा स्थापना भएको उक्त आश्रमलाई आफुले पनि सक्दो सहयोग गर्ने उनले बताए।
कोटीहोममा विश्व हिन्दु महासंघका सल्लाहकार भगिरथ योगीले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु साझा कतव्य भएको उनको भनाइ छ।
सम्मान तथा अभिनन्दन कार्यक्रममा अन्नपूर्णेश्वर शिवालय, शिवशक्ति धाम, पटनेरी टोल बिकास संस्था, श्री जागृति आमा समुह, श्री नमुना आमा समुह, गण्डकी रिभरसाईड युवा क्लव लगायतको सहभागिता रहेको कार्यक्रका संयोजक भीमप्रसाद चुवाईले जानकारी दिए।
पटनेरीमा स्थापना गरिएको अन्नपूूर्णेश्वर धाम एवम् शिवालय मन्दिरको प्राण प्रतिष्ठाको कोटीहोममा बाल बालिकाहरुको निशुल्क व्र्रतवन्ध र ज्येष्ठ नागरिकहरूको चौरासी पूजा समेत गरिएको आयोजकले जनाएको छ।
कोटीहोममा भक्तजनको आकर्षण दिनानुदिन बढीरहेको कोटीहोम कार्यक्रमका व्यवस्थापन संयोजक मदन गिरीले जानकारी दिए।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेको कोटिहोममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की लगायत विभिन्न उच्चपदस्थ अधिकारीे सहभागि भएका थिए।
अलकापुर आमा समुह, अलकापुर टोल विकास संस्था र अलकापुर ज्येष्ठ नागरिक दिवासेवा,अलाकापुर बचत तथा ऋण सहकारी संस्थालगायतले कोटीहोममा सहयोग गरेका छन्।
कोटीहोम मंसिर २७ गतेसम्म चल्नेछ।
