कास्कीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते, दुई पक्राउ

Share:

पोखरा । कास्कीको मादीमा सोमबार राति बरुवा बन्दु पड्किएर एक जना घाइते भएका छन्। घाइते हुनेमा मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचुका बिनोद सुनार रहेका छन्।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासि पड्किँदा सुनार घाइते भएका हुन्।

घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले बन्दुक लुकाई छिपाई राख्ने सोही ठाउँका ३२ वर्षीय साइला भन्ने कुलप्रसाद विक र पानीघाटका २२ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिएको छ।

उक्त बन्दुकको इजाजत नभएकाले उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्धाअघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: