
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारेबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
