प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पोखरामा बसुन्धरा रिसोर्ट सञ्चालनमा

Share:

पोखरा । लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नै हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद। रंगीचंगी फुलहरु, चराचुरुङ्गीका आवाज। प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकीय राजधानी पोखराको लेकसाइडमा सुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो। बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गर्‍यो।

रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सु-सज्जित छन्। त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो।

एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखै अगाडी हिमाल।

यी सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्नेछ। पोखराको प्रमुख आकर्षण फेवातालबाट झण्डै २ सय मिटर दुरीमा अवस्थित रिसोर्टले पाहुनाहरुका लागि स्वास्थ्यवर्दक खाना पस्किने गर्दछ।

विदेशीसँगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ।

‘कोदो, फापर, मकै लगायतका परिकारलाई हामीले महत्व दिएका छौं’,रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले भने।
स्वस्च्छ शान्त बगैचामा विहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नै ल्यापटप माफर्त दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ।

विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नों अनुभवको पूर्ण सदुपयोग गरेका छन्।

साँघुरिएको लेकसाइडभित्र प्रयाप्त पार्किङ क्षेत्र सहितको रिसोर्टमा अनुभवि कर्मचारीद्वारा प्रदान गरिने सेवाले पाहुनालाई भरपुर सन्तुष्टि दिन सकिने पोखरेलको विश्वास छ।

मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ। छुट अवधी तीन महिनाको रहने सञ्चालक पोखरेलले बताए।

कमेन्ट गर्नुहोस्
Share: