रवि लामिछाने अझै ५ दिन हिरासतमै रहने

353
0
Share:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन्। कास्की जिल्ला अदालत पोखराले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले म्याद थपको बहस गरेका थिए।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: