काठमाडौँसँग पोखरा ६ विकेटले पराजित

134
0
Share:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजले तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए। यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक/एक विकेट लिए।

यो जितसँगै काठमाडौंले ६ खेलबाट ६ अंक जोडेको छ । पराजित भएको पोखराको ४ अंक छ ।

कमेन्ट गर्नुहोस्
Share: