
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ। मौसमी गतिविधिको जानकारी दिने महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो। वेबसाइट ह्याक भएपछि मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ। पेजमा आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
