काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

Share:

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।

पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए।

२०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडाैँ महानगरपालिकाका मेयर बनेका थिए।

कमेन्ट गर्नुहोस्
Share: