
काठमाडौँ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ। लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो।
यस्तै, चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन्। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो।
दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो। चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो। ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो ।
अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन्।
बुधबार विहान इलिमिनेटर र दिउँस पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।
यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ।
दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ।
