एनपीएल फाइनल खेलका सबै टिकट सोल्डआउट

Share:

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलको फाइनल खेलका सबै टिकट सोल्डआउट भएका छन्।

आउँदो शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने फाइनलका लागि भीआईपी र साधारण दुवै प्रकारका टिकटहरू सोल्डआउट भएका हुन्।

टिकट खुला भएको केही समयमै सबै टिकट बिक्री भएको खल्ती वालेटले जनाएको छ। खल्ती जारी एनपीएलको अनलाइन टिकेटिङ पार्टनर हो।

भौतिक टिकट नहुने भएकाले बाँकी दर्शकलाई टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा हेर्न अनुरोध गरिएको छ।

फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच मध्यान्ह १२:३० देखि सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: