एनपीएल च्याम्पियन जनकपुरलाई १ करोड १० लाख नगद पुरस्कार

Share:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन जनकपुर बोल्ट्स्ले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ।

पूर्व-प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा टीमका कप्तान एवं मार्की प्लेयर आशिफ शेखलाई चेक प्रदान गरिएको छ।

जनकपुरसँग फाइनलमा हारेको टोली अर्थात् प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले ५० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।

प्रतियोगितामा तेस्रो स्थान बनाएको कर्णाली याक्सले २० लाख र चौथो स्थान बनाएको चितवन राइनोजले १५ लाख पुरस्कार पाएको छ।

कमेन्ट गर्नुहोस्
Share: