पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा वेदराज केसी नियुक्त

Share:

पोखरा। पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा वेदराज केसी नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

उपकुलपतिका लागि १५ जनाले आवेदन दिएकामा आवेदन स्वीकृत हुँदा उनी पहिलो नम्बरमा सिफारिस भएका थिए।

केसी पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र अल्पाइन म्यानेजमेन्ट कलेजका सञ्चालक र पोखरा विश्वविद्यालयबाटै सम्बन्धनप्राप्त कलेज अल्पाइन म्यानेजमेन्ट कलेजका एकेडेमिक एडभाइजर हुन्।

साथै उनी नेकपा एमाले निकटको प्राध्यापक संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्षसमेत हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ कात्तिक २४ गते पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ जारी गरेको थियो। उक्त कार्यविधि अनुसार नै समितिले आवेदन आह्वान गरेको थियो।

यता नेपाल संस्कृत विश्वविद्यालयको उपकुललपतिमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन्। यस विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: