
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा नम्बर १४ को दोस्रो अधिवेशनबाट बटुकृष्ण कुँवर अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार भएको अधिवेशनबाट कुँवर दोस्रो पटक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
यसअघि भएको पहिलो वडा अधिवेशनमा पनि कुँवर सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए।
कुँवरको नेतृत्वमा २३ सदस्य कमिटी गठन भएको छ।
उपाध्यक्षमा जितेन्द्रजंग थापा र सचिवमा दिपबहादुर खत्री सर्वसम्मत निर्वाचित भएका हुन्। महिला उपसचिवमा सिर्जना सुनार र खुला उपसचिवमा गौतम सुनार सर्वसम्मत निर्वाचित भएका छन्।
कमिटीको खुला सदस्यमा ओमप्रसाद श्रीस, अर्जुन कुँवर, कृष्णबहादुर खाँड, चन्द्रबहादुर क्षत्री, कृष्ण महर्जन, महेन्द्रभुर्तेल, प्रकाश ढकाल, घनश्याम अधिकारी निर्वाचित भएका हुन्।
खुला महिला सदस्यमा सरिता गुरुङ र अम्बादेवी गिरी छन्। श्रमिक सदस्यमा भीमबहादुर शाह, युवा सदस्यमा झलकप्रसाद तिवारी, युवा महिला सदस्यमा कृति गिरी, आदिवासी सदस्यमा फत्तबहादुर गुरुङ, उत्पीडित महिलामा सुनिता विक र मिरा विक निर्वाचित भएका हुन्।
यस्तै, खुला सदस्यमा भीमबहादुर गुरुङ निर्वाचित भएको कुरा कास्की जिल्ला कमिटी सदस्य एवम् वार्ड नम्बर १४ का सह इन्चार्ज एकेन्द्र कुँवरले जानकारी दिए।
